सुनको मूल्य तोलामा १ हजार ६ सयले बढ्यो

काठमाडाैं | पुस २८, २०८१

सुनको मूल्य तोलामा १ हजार ६ सयले बढ्यो

काठमाडौं:   अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । 


अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य २७०४ अमेरिकी डलर निर्धारण भएको छ । 


गत शुक्रबार सोही परिमाणको पहेँलो धातु २६८१ डलरमा कारोबार भएको थियो ।   


गत शुक्रबारको तुलनामा आज प्रतितोला सुनमा रु एक हजार ६०० ले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु १५ ले बढेको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज रु एक लाख ५५ हजार ७०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार आठ सय ६० कायम भएको छ । 

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्